धादिङ १२ श्रावण
अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा धादिङले जातिय न्यायको माग गर्दै विज्ञप्ती निकालेको छ ।
केही दिन अगाडी राष्ट्रिय टेलिभिनमा दिएको अन्तर्वातामा अधिवक्ता सितल पाण्डेले तामाङ र मगर समुदायलाई होच्याउने गरी यी जाति पशु सरह र पशु जस्तै हो भन्ने अभिव्यक्ति दिईएको प्रति अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा धादिङले खेदजनक भएको भन्दै शुक्रबार एक विज्ञप्ति मार्फत सम्बन्धित निकायलाई कार्वाहीको माग गरेको हो ।
अधिवक्ता पाण्डेले तामाङ र मगर जातिमाथि जायित विभेद र दई जातिलाई होच्याउने र हुँदै नभएको संस्कार हो भनी दिएको अभिव्यक्ति प्रति अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोचा, धादिङ घोर भत्सर्ना गर्दै आम तामाङ र मगर जाति समक्ष माफी मागी आफ्नो शब्द फिर्ता लिनुपर्ने भनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अधिवक्ता पाण्डेलाई कार्वाही नगरेसम्म न्याएको पक्षको उभिई रहने र संघर्षको कार्यक्रम समेत घोषणा गर्ने र अधिवक्ता पाण्डेलाई कानुनको दायरामा ल्याई हदै सम्मको कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अन्तत तामाङ र मगर समाजले नै कानूनको दायरामा ल्याई छाड्ने अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा, धादिङको प्रतिबद्धता सहित उक्त अभद्र शब्दको खेद प्रकट गरिएको जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस