धादिङ ११ असोज
धादिङबेसी टारीबेसी सडक खण्ड अन्तरगतको ज्यामिरे भञ्ज्याङ भन्दा तल पौवा खाल्टोमा शनिबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ । ज्यामिरे भञ्ज्याबाट टारीबेसीतर्फ जाँदै गरेको ट्रयाक्टर तिव्र गतिका कारण अनियन्त्रित भइ मोड काट्न नसकेकाले दुर्घटना भएको घाइते हरि बहादुर शाहीले बताएका हुन् । दुर्घटनामा परी घाइते भएकाहरुलाई जिल्ला अस्पताल धादिङ ल्याइएको छ ।
गम्भीर घाइते हुनेहरुमा जाजरकोट जिल्ला देडागाढ नगरपालिकाका कर्ण बहादुर चदरा, जय बहादुर चदरा र कृष्ण बहादुर राउत रहेका छन् । घाइतेहरु सबै धादिङबेसी आरुघाट सडकमा काम गर्नको लागि जाजरकोटबाट धादिङ आएका हुन् । अन्य घाइतेहरुमा हरि बहादुर शाही, कर्ण बहादुर शाही, तेज बहादुर राउत, मेन बहादुर शाही, पूर्ण बहादुर डाँगी लगायतका रहेका छन् । ट्रयाक्टर चालक बर्दियाका सञ्जय चौधरी रहेका छन् । उद्धारका लागि नेपाल रेडक्रस सोसाइटी धादिङका स्वयंसेवक , धादिङ सोसियल भोलेन्टियर नेपाल, सयुक्त यम्बुलेन्स चालक समाज नेपाल र नेपाल प्रहरी तथा स्थानीय युवाहरु खटिएका थिए ।
प्रतिक्रिया दिनुहोस