धादिङ १० साउन
धादिङको नेत्रावती डब्जोङ गाउँपालिकामा वृक्षरोपण कार्यक्रम सँञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ गैरा स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल वाका राहा क्षेत्रमा वृक्षारोपण गरिने भएको हो ।
ज्यामपल दोर्जे डुबखाङ गुम्बा, छार वाका राहा युवा क्लव, धराप सामुदायीक वन उपभोक्त समिति र गैरा टोल विकास समितिको आयोजनामा यहि साउन १३ गते शनिबार वाका राहा क्षेत्र परिसरमा वृक्षरोपण गर्ने भएको हो ।
समुन्द्र सतहदेखि करिब २४०० मिटरको उचाइमा अवस्थित यस क्षेत्र प्राकृतिक भू–बनोटको आधारमा पनि रमणीय पर्यटकीय दर्शनीय स्थल रहेको छ ।
यस क्षेत्रमा वाका राहा, डाब्जोङ सिङ्ला लेक,अष्ट चैत्य, चिया वगान,पवित्र बौद्ध गुम्बाहरुको दर्शन भ्रमणले यहाँको मौलिकता झल्काउने गरेको पाईन्छ ।
प्रतिक्रिया दिनुहोस