धादिङ १० साउन
धादिङमा बुधबार ५० जनामा डेँगु संक्रमण पुष्टि भएको छ ।
संक्रमण हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ४७ जना,सिद्दलेक गाउँपालिकाका १ जना,खानियावास गाउपलिकामा १ जना र त्रिपुरा सुन्दरी गाउपालिकाम १ जना गरि आज थप ५० जनामा डेँगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यो सँगै साउन १ गते देखि बुधबार सम्ममा संक्रमित हुनेको संख्या २ सय ८५ जना पुगेको छ । जसमध्ये १५३ जना पुरुष र १३२ जना महिला रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।
डेंगु रोग संक्रमणको जोखिम भएसँगै स्वास्थ्य कार्यलय धादिङ लगायतका सरोकारवाला निकायले सुरक्षित रहन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस