धादिङ ९ साउन
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको समर्थनमा अखिल क्रान्तिकारी धादिङले वृहत नागरिक हस्ताक्षर कार्यक्रम सँचालन गर्ने भएको छ ।
यहि श्रावण १२ गते शुक्रवार बिहान ठिक ९ बजे अखिल क्रान्तिकारी नीलकण्ठ बहुमुखी क्याम्पस कमिटीद्धारा क्याम्पसको प्राङ्गणमा वृहत नागरिक हस्ताक्षर कार्यक्रम हुने भएको अखिल क्रान्तिकारी नीलकण्ठ बहुमुखी क्याम्पसले जनाएको छ ।
भ्रष्ट्रचार विरुद्ध सप्ताहव्यापी बृहत नागरिक हस्ताक्षर अभियान सफल पारौ भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न गर्न लागिएको एक विद्यार्थी नेताले बताए ।
प्रतिक्रिया दिनुहोस