धादिङ ७ श्रावण
नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०८०-०८१ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।
मौद्रिक नीतिबारेमा निर्णय गर्न संचालक समितिको बैठक बसिरहेको र आज दिउँसो सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अर्थतन्त्रमा देखिएको शिथिलता हटाइ आर्थिक गतिविधि सुधारमा सघाउने र वित्तीय स्थायित्व कायम गर्ने प्रमुख चुनौतीको सामना गर्नुपर्ने छ ।
सुधारका उपलब्धि नबिग्रिने र सम्भव भएसम्म सुस्ताएको आर्थिक गतिविधि चलायमान हुने केही नीतिसहित मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष निजी क्षेत्रमा लक्ष्यभन्दा बढी र गत वर्ष लक्ष्यभन्दा धेरै कम कर्जा प्रवाह भएको थियो ।
यस वर्ष राष्ट्र बैंकले निजी क्षेत्रतर्फ कर्जा विस्तारको लक्ष्य १२ देखि १३ प्रतिशत तय गर्ने सम्भावना छ ।
निजी क्षेत्रले मागे जस्तो लचिलो मौद्रिक नीति ल्याउने बेला नभएकाले आवश्यकता अनुसार नीतिगत दर हेरफेर गर्न सकिने राष्ट्र बैंक स्रोतले जनाएको छ ।
घरजग्गा र सेयर बजारका लागि ठूलै परिवर्तन नगरे पनि अहिले यी क्षेत्रमा कारोबार सुस्ताएकाले के गर्दा तत्कालै सुधार देखिन सक्छ भन्नेबारे छलफल भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस