धादिङ ६ साउन
धादिङको वेनीघाट रोराङ गाउँपालिकामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार वीपी स्मृती दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि नेपाली कांग्रेस प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभा २ ले वृक्षरोपण गरि वीपी स्मृति दिवस मनाएको हो ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि संघर्ष गरेका वीपी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा बेनीघाट रोराङ गाउँपालिकाको गौरीशंकर संगम माता तिर्थधाम मन्दिर परिसरमा वृक्षारोपण गरेको नेपाली कांग्रेस वेनीघाट रोराङले जनाएको छ ।
वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रिय सभापति कुमार बहादुर सिंखडा,पूर्व क्षेत्रिय सभापति यमनाथ ढकाल, बागमती प्रदेश प्रतिनीधि सन्तोष पौडेल, धादिङ १ को प्रदेश २ का सभापति विष्णु रुपाखेती, प्रभातकिरण सुवेदी,लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस