धादिङ ६ साउन
धादिङमा डेंगु रोग सम्बन्धी सचेतना लामखुट्टेको लार्भ खोज र नष्ट गर्ने अभियान सञ्चालन भएको छ ।
शनिबार एक सरसफाई कार्यक्रमको आयोजना गरि नगरबासीहरुलाई सचेतना फैलाउने र डेङ्गु रोग नियन्त्रण तथा रोकथामका उपायहरु अवलम्बन गर्न अनुरोध गरिएको थियो ।
नीलकण्ठ नगरपालिका,नेपाल प्रहरी,ससस्त्र प्रहरी र नगर प्रहरी सहित सबै सरोकारवाला निकायहरूको सहकार्यमा उक्त अभियान सम्पन्न भएको हो ।
वर्षातका कारण जताततै पानीहरू जम्ने र लामखुट्टेको संख्या बढेपछि बढि मात्रामा डेङ्गु रोगको संक्रमण र जोखिम बढ्ने भएकाले उक्त अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय धादिङ्गले जनाएको छ ।
उक्त अभियानमा अस्पताल,बजार र होटल तथा किरान पसल,बसपार्क लगायतका पानी जम्ने खाल्डखुल्डी,पुराने ड्रम फोहोर थुपारिएको क्षेत्रहरुमा सरसफाई तथा नष्ठ गरिएको नीलकण्ठ नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले आफ्नो घर वरपर सरसफाई गर्ने,पानी जम्ने स्थानमा सफा गर्ने,विभिन्न बस्तुहरु हटाउन र सुत्दा झुलको प्रयोग गर्ने,लामो बाहुला भएका कपडा लगाउन अनुरोध गरेका छन ।
नागरिकलाई कुनैपनि स्वास्थ्य सम्बन्धी समस्या भए तुरुन्त स्वास्थ्य संस्थामा जानका लागि सबैलाई अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस