धादिङ ५ साउन
गजुरी गाउँपालिकामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि गौरी भञ्ज्याङ सामुदायिक वन उपभोक्ता समुह गजुरी गाउपालिका वडा नम्बर ६ आदमघाटको अगुवाइमा विभिन्न जातका ७ सय विरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको हो ।
गौरी भन्ज्याङ सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष विनोद भण्डारीको संयोजकमा भएको कार्यक्रममा गजुरी गाउँपालिकाको अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता गजुरी गाउँपालिका उपाध्यक्ष एवम् राष्ट्रिय वन महासंघ नेपालको केन्द्रिय सदस्य शर्मिला विसुरालको विशेष अतिथिमा वृक्षरोपण गरिएको हो ।
त्यस्तै कार्यक्रममाससस्त्र विपद् वेश क्याम्प आदमघाटका ससस्त्र प्रहरी नायब उपरिक्षक किरण पौडेल, आदमघाट प्रहरी पोष्टका प्रहरी सहायक निरिक्षक विक्रम घलान,आदमघाट खानेपानी समितिका अध्यक्ष गजेन्द्र तामाङ, विवेकशील दलित आदमघाटका अध्यक्ष दुविन्द्र मिजार लगायत स्थानीय वातावरण प्रेमी उपभोक्ता तथा समाजसेवीहरुको उल्लेख्य सहभागीमा वृक्षरोपण सम्पन्न भएको हो ।
उक्त वृक्षरोपण पश्चात् अबको थप कार्यक्रम संरक्षणका निम्ति तारजाली तथा काँडेतारको घेरा लगाई सचेतनाको निमित्त सुचना बोर्डको पनि व्यवस्था गर्ने गरि कार्यक्रम रहेको बन उपभोक्ता समुहले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस