धादिङ ५ साउन
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकार नितीमा संञ्चालन हुने बताउनुभएको छ ।
विहीबार धादिङ जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
बागमती प्रदेश सरकारले निति तथा कार्यक्रममा कुनै राजनैतिक आग्रह पुर्वाग्रह नराखी बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले धादिङ जिल्लाको स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सुधारर्नुपर्ने सबै कुराहरु ध्यानाकर्षण भएको बताउनुभयो ।
सरकार परिवर्तन हुदा सबै संयन्त्र परिवर्तन हुने,मन्त्री परिवर्तन हुदा सबै व्यवस्था परिवर्तन हुने परम्परालाई तोडेर एक किसिमको नयाँ स्थाई निती बनाएर बिकास,सुशासन,सामाजिक न्यायको अभ्यास गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले परम्परावादी बिकासको मोडेलले अव काम नहुने बताउदै स्थानीय तहका प्रमुखहरुलाई खानेपानी,स्वास्थ्य,सरसफाई,कृषि बिकास,फोहोर ब्यवस्थापन र शिक्षा जोड दिन आग्रह समेत आग्रह गर्नुभयो ।
नागरिकलाई सानोतिनो कार्यको लागि जिल्ला प्रशासन,प्रदेश राजधानी धाउनुपर्ने बाध्यतालाई बागमती प्रदेश सरकारले आवश्यक ईलाका प्रशासन कार्यालय बनाएर जनतालाई सेवाप्रवाहमा छिटो छरितो,विश्वसनीय बनाउने कुरामा गृहकार्य गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस