धादिङ ५ साउन
जिल्ला प्रशासन कार्यालय धादिङले राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको छ ।
विहीबार एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षता बागमति प्रदेश सरकारका मुख्यमन्त्री शालीकराम जम्कटेलको प्रमुख आतिथ्यतामा वितरण कार्य शुभारम्भ गरिएको हो । पहिलो चरणमा १ हजार ४ सय १० उपलब्ध छन् ।
पहिलो चरण अन्तर्गत पञ्चायतकालका भुमि सुधार ब्यवस्था मन्त्री हरी बहादुर थापाको जेठी पत्नी तथा जेष्ठ नागरिक कर्म कुमारी थापालाई पहिलो नंम्बर राष्ट्रिय परिचयपत्र प्रदान गरी वितरण कार्य शुभआरम्भ गरिएको हो । त्यसैगरी बिष्णु कुमार थापा, दिपक कडेल, भगवती उप्रेती,जिल्ला प्रसासन कार्यलयका कर्मचारी लगायतलाई मुख्यमन्त्रीको हातबाट वितरण गरिएको हो ।
कार्यक्रमकै अवसरमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सहजीकरण गर्दै जिल्ला प्रशासन कार्यालयले आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगती प्रतिवेदनसमेत सार्वजनिक गरिएको थियो ।
नागरिकता सेवा,राहदानी सेवा,राष्ट्रिय परिचयपत्र सेवा,स्थानीय प्रशासन तथा संघसंस्थासम्बन्धी सेवा,अनुगमन तथा निरीक्षण,वित्तिय प्रगती,नवीनतम् कार्य र सेवा प्रवाहमा सुधार,विद्यामान समस्य र चुनौतीहरु,आगमी लक्ष्य र योजना,राष्ट्रिय परिचयपत्र वितरण प्रकृया उपर सहजीकरण गर्नुभएको थियो ।
प्रतिवेदन अनुसार जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिता लिने भन्दा प्रतिलिपी लिनेको संख्या बढी देखिएको छ । नयाँ नागरिकता लिनेको संख्या १२ हजार २ सय ६५ छ भने प्रतिलिपी लिनेको संख्या १२ हजार २ सय ४८ रहेको छ । ४ जनाले नागरिकता त्याग गरेका छ भने आमाको नामबाट ३ जनाले नागरिकता प्राप्त गरेका छन् ।
कार्यक्रमकै अवसरमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुने कर्मचारीहरुमा खरिदार बिजन ढकाल,नासु कृष्ण प्रसाद थपलिया, विवरण दर्ता अपरेटर जानुका दुवाडी,खरिदार सन्जय श्रेष्ठ,कार्यालय सहयोगी मन्जु श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा विशेष अतिथिको रुपमा प्रतिनीधीसभा सांसद रामनाथ अधिकारी,बागमति प्रदेश सांसद गोविन्द लम्साल,विभिन्न स्थानीय तहका गाउँपालिका अध्यक्ष,राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी विभिन्न संघसंस्थाका प्रतिनीधी,जिल्लाका कार्यालय प्रमुखहरु,पत्रकार,सरोकारवाला लगायतको सहभागीता रहेको थियो ।
जिल्ला प्रशासन कार्यलय धादिङले कार्यालयबाट नै राष्ट्रिय परिचय पत्रको अनलाईन भर्ने फारम निःशुल्क भर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस