धादिङ ०७ असोज
यातायातका साधनहरुले विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट नदिए कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनु भएको छ । मङ्गलबार जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला प्रशासन कार्यालय धादिङले धादिङबेसीमा आयोजना गरेको यातायात व्यवसायीहरु तथा सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा तामाङले सो कुरा बताउनु भएको हो । विगतका चार्डपर्वको बेला यातायातका साधनहरुले क्षमता भन्दा बढी यात्रु बोक्ने, चर्को भाडा उठाउने, विद्यार्थी, अपाङ्ग, जेष्ठ नागरिक सहुलयित नदिने जस्ता कार्यहरु गरेको पाइएकाले यस बर्ष भने यस्ता गतिविधि गरेको पाइएमा तत्काल कारबाही गरिने समेत तामाङले बताउनु भयो । यस्तै चाडपर्वको समयमा जिल्ला प्रहरी कार्यालय धादिङले सवारी साधनहरुमा सादा पोशाकका प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनु भयो । नेपालीहरुको महान चाड विजयादशमी, दिपावलीलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बीच बजारबाट सञ्चालन हुँदै आएको टिकट काउन्टरलाई बसपार्कमा सार्न पहल गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षता भएको छलफल कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, प्रहरी उपरीक्षक राजकुमार
प्रतिक्रिया दिनुहोस