०४ श्रावण २०८०
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट झण्डै १०० किलो सुन बरामद गरेको जनाएको छ ।
आज साँझ विशेष अपरेशन चलाएको विभागले ८० देखि १०० किलो बराबरको सुन बरामद गरेको जानकारी गराएको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलो बराबरको सून बरामद भएको र थप अनुसन्धान जारी रहेको बताए ।
उक्त सुन ओसारपसरासमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ। तर उनीहरु तल्लोतहका रहेका बताइएको छ । ठूला तस्कर भने समातिएका छैनन् । हङ्कङबाट आएको सुन विमानस्थल पास भएर ट्याक्सीमा लैजान लागिएको अबस्थामा बरामद गरिएको हो ।
भोलि थप विवरणहरु खुल्ने जनाइएको छ । सूचना चाँडो चुहिंँदा मुख्य कारोबारी जोगिएका अनुसन्धानमा खटिएका एक अधिकृतले बताए ।
प्रतिक्रिया दिनुहोस