धादिङ ३१ असार
धादिङको रुविभ्याली गाउँपालिका वडा नम्बर ५ मा महामारीको रुपमा फैलिएको गाई बस्तुहरुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणको लागि औषधी वितरण गरिएको छ ।
आईतबार एक विशेष कार्यक्रमको आयोजना गारि वडा अध्यक्ष रम्बा तामाङको प्रमुख आतिथ्यतामा वितरण गरिएका हो ।
गाउँपालिको सहकार्यमा वडा नम्बर ५ का २ सय ९६ जना किसानहरुलाई निशुल्क रुपमा औषधी वितरण गरिएको वडा अध्यक्ष रम्बा तामाङले बताउनुभयो ।
गाउँमा गाईबस्तुहरु केहि मरेको र रोगबाट संक्रमितको संख्या पनि बढ्दै गएकाले तत्काल न्यूनीकरण गर्न गाउँपालिकासंग पहल गरि औषधी वितरण गरिएको तामाङले बताउनुभयो ।
उहाँले ट्याप्लेट सिस्टममा रहेको औषधी विहान बेलुका ढुटो,पिठोमा डल्लो बनाएर खुवाउनु पर्ने पनि बताउनुभयो ।
जिल्लाका अधिकांश स्थानीय तहहरुमा गाईबस्तुहरुमा लम्पी स्किन रोग संक्रमण देखिदा किसानहरु चिन्तित बनेका छन् । यसलाई नियन्त्रण गर्न तीन तहको सहकारले विशेष पहल गर्नुपर्ने जरुरी देखिएको वडा अध्यक्ष तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस