धादिङ्ग ३१ असार
विद्यार्थीहरुबाट लिने शुल्क वृद्धि गरेपछि नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीलाई वृद्धि गरिएको शुल्क फिर्ता लिन माग गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारीका अध्यक्ष पन्चा सिंहले अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरी निजी संस्थाहरूको मिलोमतोमा शुल्क वृद्धि गरिएको भन्दै फिर्ता लिन माग गर्नुभएको हो ।
वृद्धि गरिएको शुल्क तत्काल फिर्ता लिई पुरानै शुल्कमा पठनपाठन गराउन अखिल क्रान्तिकारीले माग गरेको छ । सिटिइभिटीको स्तर निर्धारण तथा सम्बन्धन महाशाखा सानोठिमीले शुल्क समायोजन सम्बन्धी सूचना अनुसार पिसिएल नर्सिङमा ३१ प्रतिशत, सामान्य चिकित्सक.( एचए)मा २९ डिप्लोमा इन फार्मेर्सिमा २५ प्रतिशत शुल्क वृद्धि गरिएको उल्लेख गरिएको छ ।
साथै २४ घण्टाभित्र फिर्ता नलिए आन्दोलन चर्काउने क्रान्तिकारीले चेतावनी पनि दिएको छ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस