धादिङ ०७ असोज
राणा शासनलाई हटाउन प्रमुख भूमिका निर्वाह गरेको काङ्ग्रेसले के.पि. ओली सरकारलाई हटाउन कुनै समस्या नभएको नेपाली काङ्ग्रेसका नेता एवं पूर्व कानुन राज्य मन्त्री दिलमान पाख्रिनले बताउनु भएको छ । नेपाली काङग्रेस जिल्ला कार्यसमिति धादिङले मङ्गलबार धादिङबेसीमा आयोजना गरेको बिरोध सभालाई संबोधन गर्दै सो कुरा बताउनु भएको हो । नेता पाख्रिनले अहिलेको सरकार दुर्घटनामा पर्ने सम्भावना रहेको बताउँदै ०७२ सालमा जारी भएको संविधानलाई सरकारले कुल्चिन थालेको समेत आरोप लगाउन भयो । नेपाली काङ्गे्रस नेतृत्वको सरकारले बुढीगण्डकी परियोजनालाई छुट्याएको २५ अर्ब रकम नेकपा सरकारले हिनामिना गरेको समेत ठोकुवा गर्नुभयो । नेपाली काङ्ग्रेसले दोस्रो चरणको जागरण अभियानको समापन तथा कम्युनिष्ट नेतृत्वको सरकारले राज्य आतङक, भ्रष्टाचार, महिला हिंसा, कर बृद्धि र कुशासनको विरुद्ध मङ्गलबार धादिङबेसीमा बिरोध सभा गरेको हो ।
बिरोध सभालाई सम्बोधन गर्दै काङग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारीले नेपाल सरकार जनताको सरकार नभई चिनीया कम्युनिष्ट पार्टीको भातृसङ्गठन भएको बताउनु भयो । काङ्ग्रेस धादिङका सभापति रमेश धमलाको अध्यक्षता रहेको कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं पूर्व कानुन राज्य मन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय नेता बिजुल बि.क., बालचन्द्र पौडेल, विमल ठकुरी, रमेश महत, नेपाली काङग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारी लगायत काङ्ग्रेस धादिङका नेता कार्यकर्ता तथा सुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । पुछार बजारबाट सुरु भएको बिरोध ¥याली बीच बजारमा गई कोणसभामा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस