धादिङ २८ असार
धादिङमा शोक सभा सम्पन्न भएको छ ।
विहीबार नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङले एक शोकसभा आयोजनागरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पत्नी सिता दाहालको निधनप्रति,तस्वीरमा फुलको गुच्छा,माला अर्पण गरि भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
नेकपा माओवादी केन्द्र बागमति प्रदेश कमिटी सह–सचिव दल बहादुर बुर्लाकोटीले सिता दाहालको निधनले सिंङगो देश नै शोकमा डुबेको बताउनुभयो । तत्कालीन माओवादी पार्टी र सामान्ती राज्य व्यवस्थाको अन्त्य गरि संघीय लोक तान्त्रिक गणतन्त्र नेपालको राज्य व्यवस्था ल्याउनुमा उहाँको भूमिका,त्याग तपस्य र वालीदानलाई नेपाली जनताले कहिलेपनि नभुल्ने बताउनुभयो ।
त्यस्तै वैकल्पिक केन्द्रिय सदस्य ज्युँदा सहिद राम बहादुर भण्डारीले स्वर्गीय सिता दाहाल प्रति भावपुर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समावेदना व्यक्त गर्नुभयो ।
स्वर्गीय सिता दाहालले माओवादी आन्दोलनको मात्र नभएर प्राप्त उपलब्धीलाई रक्षा र कार्यान्वयन गर्न महत्वपुर्ण भूमिका निभाएको स्मरण गर्नुभयो । भावुक हुदै भण्डारीले ती महान सहिद वेपत्ता घाईते अपाङगता भएकाहरुको अधुरो सपनालाई पुरा गर्न पार्टीसंगठन,जनआवाज सम्बोधन र वैचारिक संघर्षमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै केन्द्रिय सदस्य अप्सरा सिंखडाले स्वर्गीय सिता दाहाललाई सम्झिदै आफ्नो परिवार राष्ट्रको महत्वपुर्ण शक्तिमा पटक पटक पुगीरहँदापनि शक्तिको दुरुपयोग नगरि पार्टी राष्ट्र र जनताप्रति केन्द्रित भएको बताउनुभयो । कम वोल्ने स्वभावको भएपनि ऐतिहासिक जनआन्दोलनलाई उच्च स्थानमा पुराउन योगदान गरेको स्मरण गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता समेत रहेका नेकपा माओवादी केन्द्र धादिङ जिल्ला समन्वय समितिका संयोजक मनराज भण्डारीले स्वर्गीय सिता दाहाल प्रति भावपुर्ण श्रद्धान्जली प्रकट गर्दै माओवादी केन्द्रको आन्दोलनलाई संस्थागत गर्न दोस्रो प्रचण्डको भूमिका निभाएको बताउनुभयो ।
पार्टी हेडक्वाटरको सल्हाकारमा रहेर ‘मुलुकमा शक्ति र पहुँचको आडमा कुनैपनि घमण्ड गर्न नहुने’ शिक्षा दिएर गएको बताउनुभयो । शोकाकुल परिवारजनमा समावेदना व्यक्त गर्दै भण्डारीले पार्टी आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्न सहिदहरुको सपनालाई साकार पार्न सधै लागिपर्ने र लाग्नुपर्ने बताउनुभयो ।
स्वर्गीय सिता दाहालको सम्झनामा ३ दिन पार्टी कार्यालयमा शोकपुस्तिकामा माल्यार्पण प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको संयोजक भण्डारीले जानकरी दिनुभयो ।
नेकपा माओवादी केन्द्र धादिङ जिल्ला समन्वय समिति संयोजक मनराज भण्डारीको अध्यक्षता केन्द्रिय सदस्य अप्सरा सिंखडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शोकसभामा विशेष अतिथिको रुपमा वैकल्पिक केन्द्रिय सदस्य राम बहादुर भण्डारी,बागमति प्रदेश कमिटी सह–सचिव दल बहादुर बुर्लाकोटी(विजय) लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो ।
जिल्ला पार्टी कार्यालयमा पार्टीको आधा झण्डा झुकाएको छ ।
प्रतिक्रिया दिनुहोस