धादिङ २७ असार
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुँवाकोटका नारायण कुमार श्रेष्ठ कलेजो क्यान्सरबाट पीडित बनेका छन् ।
बिगत केही महिना देखि कलेजोमा समस्या भएका कारण उपचारको लागि भारत गएका थिए। भारतमा चेकजाँच गराउदा कलेजोको क्यान्सर भएको पुष्टि भएपछि अहिले नेपाल क्यान्सर हस्पिटल हरिसिद्दी ललितपुरमा उपचार भइरहेको छ ।
उपचारको क्रममा नगद २० लाख खर्च भैसकेका छन् । उनले आफ्नो गाडी,जग्गा बिक्री गरि उपचार गरिरहेको थियो । अव बाकी अप्रेशन तथा उपचारको लागि ५० लाख लाग्ने हुँदा आर्थिक सहयोगको लागि अनुरोध गरेको हो ।
उनले देश बिदेश मा बस्नुहुने सम्पूर्ण दाजुभाइ,दिदि बहिनीहरुलाई नारायण कुमार श्रेष्ठको नाममा एनआईसी एसिया वैङकको खाता नम्बर ५८७४८३४९३५२४००१ मा जम्मा गरिदिनु हुन अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस