धादिङ २६ असार
खराब मौसमका कारण लुक्ला विमानस्थल तल सुर्केबाट बिहान करिब १० बजे उडेको ५–७ मिनेटमा नै सम्पर्कविहीन हुन पुगेको मनाङ एयरको ९ एनएएमभी हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ ।
लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटना भएको पुष्टि भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।
मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना स्थलमा प्रहरीका असई रिाजन बस्नेत नेतृत्वको टिम पुगेको छ । दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको डिआइजी बास्तोलाले बताउनुभयो ।
सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । शव जलेको अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार एकजनाको अवस्था भने अझैसम्म अज्ञात छ ।
प्रतिक्रिया दिनुहोस