२५ असार २०८०
धादिङको सिद्धलेख गाउँपालिका वडा न १ अन्तरगत रहेहो बिजय महिमा मण्डली नयाँ भवनको उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ । बिजय महिमा मण्डलीका अगुवा हिरा श्रेष्ठको अध्यक्षता र गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
त्यस्तै विशेष अतिथको रूपमा बिजय मण्डलीका पा. बम बहादुर तामाङ सिद्धलेख गाउँपालिका उपाध्यक्ष सबिता आर्याल वडा न १ का वडाध्यक्ष पेमा लामा तामाङ विभिन्न मण्डलीका पा अगुवाहरु जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
गाउँपालिकाले सार्बजनिक जग्गालाई मण्डली भवनको रूपमा दिएको थियो । गाउँपालिका र संस्थाको आर्थिकको सहयोगमा बनेको उक्त भवनको गाउँपालिका अध्यक्ष परशुराम खतिवडा र गाउँपालिका उपाध्यक्ष सबिता आर्यालले रिबन काटी उद्घाटन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष खतिवडाले आफ्नो पहलमा मण्डलीको भवन बनेको बताउनुभयो । नेपाल बहुजाती बहुसंस्कृती र बहुधर्मिका भएको देश भएको हुनाले सबै ब्यक्तिले आफ्नो आफ्नो इच्छा बमोजिम धर्मको अवलोकन र बिश्वास गर्न पाउने बताउनुभयो ।
आफूलाई निर्वाचनको बेलामा इसाई समुदायका ब्यक्तिहरुले सहयोग गर्ने भएकोले आफ्नो कार्यकाल भरी इसाई समुदायको हकहितको लागि काम गर्ने बताउनुभयो । धार्मिकताले देशलाई उचाल्छ भन्ने बिश्वासका साथ कार्यक्रमको आयोजना गरिएको बिजय महिमा मण्डलीका अगुवा हिरा श्रेष्ठले बताउनुभयो ।
त्यस्तै वडाध्यक्ष पेमा लामाले आफू सधैं जनताको सेवामा हाजिर भएको र आगामी दिनहरुमा पनि इसाई समुदायको हकहितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नीलकण्ठ नगरपालिका र सिद्धलेख गाउँपालिकाका विभिन्न मण्डलीका बिश्वासीहरु गरि ३०० हाराहारी ब्यक्तिहरुको सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस