धादिङ २४ गते
कालोपत्रे सडक उप्किन थालेपछि स्थानीय र माओवादी नेताकार्यकर्ताले खबरदारी गरेका छन् ।
शनिबार एक विशेष कार्यक्रममा नुवाकोट पुगेका माओवादी केन्द्र नुवाकोटका नेता हितबहादुर तामाङ, वाग्मती प्रदेशकी सांसद राधिका तामाङ लगायतले सडक कालोपत्रेको क्रममा चरम लापरबाही भएको भन्दै स्थानीयको उपस्थितिमा खबरदारी गरेका हुन् ।
जिल्लाको शिवपुरी गाउँपालिका अन्तर्गत छहरे टोखा सडकखण्डको जनज्ञान निकेतन खोल्सा नजीक कालोपत्र गरि नसक्दै कालोपत्र उप्किएको माओवादी केन्द्र लिखुका युवा नेता प्रकाश डङोलले बताएको हो ।
उता सडक डिभिजन कार्यालय नुवाकोटका इन्जिनियर सुमन बस्नेतले भने सडक कालोपत्रको चरणमा रहेको बताउनुभएको नुवाकोटबाट सहकर्मी गिता न्याउपानेले जानकारी दिनुभयो ।
निर्माणको ठेक्का पाएको शिव शंकर कन्स्ट्रक्सनलाई त्यस क्षेत्रमा केहि ओसिलो रहेकाले कालोपत्रे नगर्न आफुले सुझाएको इन्जिनियर बस्नेत बताएको हो ।
म्याद थप अनुसार भुक्तान समेत नभएकाले काम तत्काल पुर्णता दिन सकिने इन्जिनियर बस्नेतले बताएको हो । सडक बोर्डको ५० लाखको योजनामा हाल त्यस क्षेत्रमा काम भैरहेको सडक सहकर्मी न्याउपानेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस