२४, आषाढ २०८०
प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारिएको हो ।
शीर्ष नेताहरुबीच छलफल भइरहेको समयमा प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई फोन गर्दै बैठक दुई घण्टा परा सार्न आग्रह गर्नुभएको थियो । सो क्रममा सभामुख घिमिरेले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न सकोस् भनी शुभकामना समेत दिनुभएको थियो ।
अवरुद्ध सदन खुलाउने विषयमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस