धादिङ २३ असार
समाजवादी मोर्चाको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ ।
शनिबार बसेको वैठकले मोर्चाको आगामी बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने बताइएको छ ।
कार्यदललाई मोर्चाको आचारसंहिता र भावी नीति तथा कार्यक्रम बनाउने जिम्मा दिइएको छ । मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ । मिति घोषणा गर्ने काम २७ गते कार्यक्रमको बैठकले गर्ने एकीकृत समाजवादी नेता राजेन्द्र पाण्डेले बताउनुभयो ।
यसैगरी मोर्चाले ४ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा नेकपा (एकीकृत समाजवादी)का प्रमेश हमाल‚ नेकपा (माओवादी केन्द्र)का देव गुरुङ‚ जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्र श्रेष्ठ र विप्लव नेतृत्वको नेकपाका खड्गबहादुर विश्वकर्मा रहेका छन् ।
बैठकले मोर्चाका समझदारीबारे आगामी बैठकले टुंगो लगाउने निर्णय गरेको छ । ६–६ महिनामा फरक फरक दलले आलोपालो मोर्चाको अध्यक्षता गर्ने सहमति भएको छ । दीर्घकालमा पार्टी एकताकै लक्ष्यका साथ हाललाई मोर्चाबन्दी गरिएको पाण्डेले बताउनुभयो ।
तस्वीर अनलाईन
प्रतिक्रिया दिनुहोस