२२ असार २०)८०
धादिङको खनियाबास गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धि बिहिवार एक सूचना निकालेका छन ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागको २०८० असार ३ गतेको पत्रानुसार सामाजिक सुरक्षा नियमावली २०७६ को २०७९ असोज १० म भएको दोस्रो शंसोधन अनुसार नियम ९ को उपनियम १ को नियम ८ बमोजिमको परिचयपत्र प्रत्येक आर्थिक बर्षको मसान्त भित्र नवीकरण गर्न सामाजिक सुरक्षा भत्ता पाउने ब्यक्ति आफै उपस्थित भइ सम्बन्धित वडा कार्यलयमा निवेदन दिनुपर्ने भन्नेमा साविकको अवस्थामा संशोधन भइ भदौ मसान्तसम्म निवेदन दिनुपर्ने प्रावधान रहेको र सो ब्यवस्था आर्थिक बर्ष २०८०÷८१ देखि लागू हुने गरि नियमावली संशोधन भएको गाउँपालिकाले जनाएको छ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को दफा ४ को उपदफा ३ बमोजिम म्याद भित्र नवीकरण नभएका लाभग्रहीको लगत कट्टा गरिने र लगत कट्टा भएका ब्यक्तिले पुनः लाभग्रही सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन २०७५ को दफा १२ बमोजिम निवेदन दिन सक्ने ब्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस