धादिङ १९ असार
धादिङ अस्पतालले नेपाल सरकारले निःशुल्क वितरण गरेको औषधीहरुको शुल्क नलिएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर रुद्रमणि भण्डारीले बताउनु भएको छ ।
सरकारी स्रोतको आर्थिक कमीले सरकारले दिएको ९८ प्रकारकै औषधी धादिङ अस्पतालमा छैन । तर मान्छेको बुझाइएमा फरक प–यो उहाँले भन्नुभयो ।
आमजनतामा अस्पताल छिरेपछि सबै औषधी निशुल्क पाइन्छ भन्ने बुझाई भएको हुनाले कतिपय अपजस आउने गरेको बताउनुभयो ।
नेपाल सरकारले सरकारी स्वास्थ्य संस्था तथा अस्पतालमा निशुल्क वितरण गरेको ९८ प्रकारका औषधीहरुको शुल्क धादिङ अस्पतालले नलिएको भण्डारीले दावी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस