धादिङ ०५ असोज
सफल यूवा पर्यटन व्यवसायी एवं रेडियो बिहानी ९७.६ मेगाहर्ज सञ्चालक संस्था शहिद स्मृति सञ्चार सहकारीको उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ‘साउथ एसियन यूथ टुरिजम अवार्ड र २०१९’बाट सम्मानित हुनुभएको छ । ४३ वटा मुलुकमा सञ्जाल रहेको ग्लोबल यूथ पार्लिमेन्ट र ग्लोबल ल थिङ्कर सोसाइटीले बंगलादेशको ढाकामा आयोजना गरेको सेकेण्ड साउथ एसियन यूथ कन्फरेन्सको अवसरमा सापकोटालाई सो अवार्ड प्रदान गरिएको हो । बंगलादेशको स्वतन्त्र तथा द्धन्द मामिलामन्त्री ए.के.एम मोजामेल हुग. एमपी.को हातबाट प्रदान गरिएको उक्त अवार्ड सापकोटाकी धर्मपत्नी निर्मला धमलाले ग्रहण गर्नुभएको थियो ।माउन्टेन डिलाइट्स ट्रेकिङ, काठमाडौं गार्डेन होम, दिदिज टेडर्स नामक ह्याण्डिक्राफ्ट, माउन्टेन डिलाइट टुर्स एण्ड ट्राभल, लगायतका कम्पनी सञ्चालन गरिरहनुभएका सापकोटा सफल पर्यटन व्यवसायी मात्र नभएर पर्यटन क्षेत्रको कुशल नेतृत्वकर्ता समेत हुनुहुन्छ ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)को निवर्तमान अध्यक्ष सापकोटाले पर्यटन व्यवसायका अलाबा शिक्षा र स्वास्थ्यमा विशेष योगदान पु¥याउने उद्देश्यले टुकी नेपाल समाज संस्थाद्धारा गरिब विपन्न समुदाय तथा व्यक्तिहरुलाई सहयोग गर्दै आउनु भएको छ भने विभिन्न ठाउँमा स्वास्थ्य केन्द्रहरु तथा विद्यालय स्थापनामा समेत अमूल्य योगदान पु¥याउदै आउनु भएको छ । सापकोटाले यसअघि सूर्य नेपाल आशा सामाजिक उद्यमशीलता अवार्ड २०११ तथा एसियाभरीको अन्तर्रा्ष्ट्रिय सस्टेनेबल टुरिजम इन्सपाइरिङ स्टोरी कम्पिटीसन २०१३ अवार्ड, टुरिजम म्यान अफ दि इयर अवार्डजस्ता दर्जनौं राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय अवार्ड, सम्मान तथा पुरस्कारहरु प्राप्त गरिसक्नुभएको छ ।
रेडियो बिहानी ९७.६ मेगाहर्जको तर्फबाट रेडियो सञ्चालक संस्थाका उपाध्यक्ष समेत रहनुभएको उहाँलाई हार्दिक बधाई तथा थप सफलताका लागि शुभकामना व्यक्त गर्न चाहन्छौँ ।
प्रतिक्रिया दिनुहोस