धादिङ १८ असार
धादिङमा नेपाल निवृत्त शिक्षक समाजको आयोजनामा शुभकामना तथा आर्शिवाद ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार एक भव्य कार्यक्रमको आयोजना गरि ‘गुरु ब्रम्ह गुरु विष्णु गुरुदेवो महेश्वर गुरु साक्षत परम ब्रम्ह तस्मै श्री गुरवे नम’– मुलमन्त्र उच्चारण गर्दै केशरी प्रसाद पन्तको सभापतित्व बागमती प्रदेश सांसद गोविन्द लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि गोविन्द लम्सालले आफ्नो लक्ष्य पूरा गर्नका लागि निश्चित उद्देश्य निर्माण गरेर अघि वढ्नु पर्ने र अरुको देखासिकिमा लाग्न नहुने बताउदै आफूलाई मार्ग निर्देशन र सल्लाह सुझावका लागि सदैव गुरुहरुको आवश्यकता पर्ने बताउनुभयो ।
गुरू पूर्णिमाको अवसरमा भगवानरुपी अग्रज गुरुहरुवाट शुभकामना तथा आर्शिवाद ग्रहण गर्दै अन्तरक्रिया गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको सभापति केशरी प्रसाद पन्तले बताउनुभयो ।
सभापति पन्तले २०३७ सालमा आफूहरुले १०४ दिनको शैक्षिक हड्ताल र विविध आन्दोलन र संघर्ष गरेपश्चात शिक्षकहरुले पेन्सन पाउने व्यवस्था लागू गरिएको स्मरण गर्नुभयो । उहाँले जिल्लाभरीका सबै स्थानीय तहहरुसंग आर्थिक सहयोगकोमा हातेमालो गर्न आह्वान गर्नुभयो ।
कार्यक्रममा जेष्ठ नागरिक जिल्ला समन्वय संयोजक बासुदेव लम्साल,गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा,सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्याल,धादिङ्ग आवासिय माध्यमिक विद्यालयका प्रध्यानाध्यापक ईश्वरी प्रसाद पाण्डे लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी,पत्रकारहरुको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस