धादिङ १८ असार
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ पाँचधारेमा वृक्षरोपन कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरि पाँचधारे टोल बिकास संस्था र भू तथा जलाधार व्यवस्थापन कार्यलय धादिङको सहकार्यमा वृक्षरोपन सम्पन्न गरिएको हो ।
बर्षायममा बाढी पहिरो रोकथाम तथा हरियो वन नेपालको धन नारालाई सार्थकता दिन पाँचधारे टोल र महेन्द्र माविको वरिपरी बृक्षरोपन गरिएको हो ।
गाउँ टोल वरिपरी वोटविरुवा रोपी बस्तीलाई प्राकृतिक विपत्ति पहिरोबाट जोगाउन आवश्यक रहेको मनराज भण्डारीले बताउनुभयो । विभिन्न संस्थासंग सहकार्य गरि जिल्लाभरिनै खाली तथा भिरालो जग्गामा वृक्षरोपन गर्नु आवश्यक रहेको भण्डारीले बताउनुभयो ।
बकाईनो,असोका,दुई प्रजातिका धुँपी ,म्याङगो स्टिग,कल्किफुल लगायतका विरुवा रोपिएको हो ।
राजमान श्रेष्ठको अध्यक्षता नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती धादिङका संयोजक एवम नीलकण्ठ नगरपालिकाका पुर्व उपप्रमुख मनराज भण्डारी(शैलेस)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको वृक्षरोपन कार्यक्रममा विशेष अतिथिको रुपमा भू तथा जलाधार कार्यलयका प्रमुख प्रदिप नारायण श्रेष्ठ,२ नम्बर वडा अध्यक्ष ध्वज बहादुर गुरुङ,महेन्द्र माविका विव्यस अध्यक्ष रामचन्द्र नेपाल,पाचधारे महिला कृषि सहकारीका अध्यक्ष सीता भण्डारी लगायत ६० जना स्थानीयहरुको सहभगीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस