१८ गते २०८०
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ रामकोट आइतबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सडक बत्ति मर्मत गर्ने क्रममा करेन्ट लागेर आइतबार साँझ नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ४५ वर्षीय डम्बर बहादुर लामिछाने मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।
पानी परिरहेको अवस्थामा विजुलीको पोलमा चढेर बत्ति मर्मत गरिरहेका मगर करेन्टले पोलमै झुण्डिएको प्रत्यक्षदर्शी गणेश श्रेष्ठले बताउनुभयो । मगर लामो समयदेखि सदरमुकाम धादिङबेसी र आसपासमा विद्युत जडान तथा मर्मतको काम गर्दै आएका थिए ।
प्रत्यक्षदर्शी श्रेष्ठका अनुसार करेन्टले उनी १० मिनेट भन्दा बढी समय झुण्डिएका थिए । विजुलीको पोलमा चढ्न उनले प्रयोग गरेको भ¥याङ निकै ठूलो भएकोले बाहिरबाट करेन्ट नसर्ने वस्तुले हान्दा पनि छुटाउन नसकिएको श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस