धादिङ १७ असार
धादिङको खनियाबास गाउँपालिकामा पुर्ण अपाङगता भएका व्यक्तिलाई कुखुरा प्रदान गरिएको छ ।
आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङ र कानुनी सहजकर्ता अन्जिता तामाङको विशेष सहभागितामा वडा नम्बर १ का पुर्ण अपाङ्गता भएका ६ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई लोकल कुखुरा प्रदान गरिएको हो ।
प्रदेश ससर्त अनुदान कार्यक्रम अन्तर्गत वडा नम्बर १ को सेलग्रोङ तामाङ,दिपक बहादुर तामाङ, मुस्कान तामाङ, भाग्यमानी तामाङ,सुक्पा तामाङ र माङ्का सिङ तामाङ गरि प्रति व्यक्ति एउटा भाले दुई वटा पोथी हस्तानतरण गरिएको नेकपा माओवादी केन्द्र खनियाबास गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नसुन बहादुर तामाङले जानकारी दिनुभयो ।
सम्बोधनकै क्रममा गाउपालिका उपाध्यक्ष तामाङले आर्थिक बर्ष २०८०-०८१ को नीति तथा कार्यक्रममा पनि अपाङगता भएकाहरुको विशेष प्राथमिकताका साथ कार्यक्रमहरु ल्याउने बताउनुभयो ।
गाउँपालिकाले यस अघिपनि अपाङग मैत्री कार्यक्रम ल्याएर कार्यन्वयन गरेको बताउदै अपाङगता भएरपनि जिविकोपार्जन गर्नको लागि सहजता होस भन्ने उद्धेश्यले लोकल कुखुरा प्रदान गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस