धादिङ १६ असार
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा किसानलाई कृषि उपकरण प्रदान गरिएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरि गाउपालिका अध्यक्ष राजु उप्रेतीको प्रमुख अतिथि उपाध्यक्ष देवराज धरेलको विशेष अतिथ्यतामा गाउँपालिकाको ५० प्रतिशत अनुदानमा साना किसान कृषि सहकारी संस्था लि.सल्यानटारले गाउँपालिकाका किसानहरुलाइ कृषि यन्त्र उपकरणहरु हस्तानतरण गरेको हो ।
आफ्नो मन्तव्य राख्नहुदै गाउँपालिका अध्यक्ष राजु उप्रेतीले किसानलाई आगामी आर्थिक वर्षमा उत्पादनको आधारमा अनुदान दिने र कृषि कार्यक्रम सहकारी साझेदारीमा सञ्चालन गर्ने बताउनुभयो ।
यस्तै उपाध्यक्ष देवराज धरेलले साना किसानले किसानको हितमा धेरै उत्कृष्ट काम गरेकोमा खुशी व्यक्त गर्दै गाउपालिकाले गर्नुपर्ने सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै वडा अध्यक्ष भिमप्रसाद भट्टले कृषि यन्त्र उपकरणको प्रयोगबाट आधुनिक बालीको खेती गर्न सहयोग हुने बताउदै किसानहरुको आम्दानीमा समेत बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
साना किसान कृषि सहकारी संस्था सल्यानटार बीउ बिजन प्रयोग शाला हेटौंडाको ५० प्रतिशन अनुदानमा खरिद गरि ल्याएको सिड ग्रेडर र सिड टिटृर उपकरणले मास भटमास मकै लगायत अन्य अन्न बालीको ग्रेडिङ गर्नेछ ।
तस्वीर धादिङ पोष्ट
प्रतिक्रिया दिनुहोस