१३ असार २०८०
विद्यालयका प्रधानाध्यापक बिलम लामा लोप्चनको नेतृत्वमा अतिरिक्त क्रियाकलापमा शिंगला देवि मा.वि का शिक्षक÷बिद्यार्थीहरु सहभागी भएका छन । मंगलबार धादिङ जिल्ला खनियाबास गाँउपालिका अन्तर्गत रहेको उक्त विद्यालयका शिक्षक÷बिद्यार्थीहरुहरु बर्खा शुरु भए लगात्तै धमाधम विद्यालयको वरिपरि सरसफाइ गर्न जुटेका छन ।
अहिलेको युग भनेको बिज्ञान र प्रबिधिको युग हो ।अहिलेको युगमा शिक्षालाई किताबी ज्ञानमा मात्र सिमित राख्नु हुदैन र किताबी ज्ञानलाई अभिभावक तथा विद्यार्थीहरुले पनि स्विकार्दैन फलस्वरूप समय संगै शिक्षण सिकाइमा पनि विभिन्न प्रकारको तौरतरिका अपनाउन थालेका छन । शिंगला देवि मा.वि का शिक्षकशिंगला देवि मा.वि का शिक्षकहरु तथा विद्यार्थीहरु
शिक्षाको राष्ट्रिय उदेश्य पूरा गर्न र शिक्षालाई ब्यवहारिक ज्ञानसँग जोडन लागि परेको विद्यालयका प्रधानाध्यापक बिलम लामा लोप्चन बताउनुभयो । आजभोलिको शिक्षाको आवश्यकता भनेको किताबी ज्ञान भन्दा पनि ब्यवहारिक ज्ञानमा परिमार्जन हुनुपर्ने देखिन्छ । तर कतिपय बिद्यालयहरुमा अझै पनि कक्षाकोठामा विद्यार्थी निष्क्रिय भएको पाइन्छ ।
शिक्षक केन्दित बिधिको प्रयोग गरि पठनपाठन भैरहेको छन । समग्र बिद्यालयको शैक्षिक अवस्थ सुधारको निमित्त बिद्यार्थीहरु, अभिभावक, शिक्षक÷ शिक्षिक प्रधानाध्यापक र बिद्यालय ब्यवस्थापन समिति निरन्तर लाग्नुपर्ने हुन्छ । त्यस्तै शिङ्गला माध्यमिक बिद्यालयका प्रधानाध्यापक बिलम लामा लोप्चन आफ्नो बिद्यालयलाई गाउँपालिकाकै नमुनाको बिद्यालयको रुपमा परिचीत गराउन चहान्छन् । लामाको नेतृत्वमा मंगलबार बिद्यालयमा अध्ययनरत विद्यार्थीहरु बिद्यालय कर्मचारी लगायत सबै शिक्षक शिक्षिकाहरु सहित बिद्यालयको भौतिक बाताबरण स्वच्छ बनाउनको लागि थरीथरीका फुलहरु रोपेका छन । जसले गर्दा बिद्यालयको आकर्षण बढ्छ ।
लामाले बिद्यालय वरिपरिका वातावरणको सरसफाइ गरि भत्केका ठाँउहरुमा आफै लागेर नै गारोहरु लगाउने कार्य समेत गरेका छन । यसरी बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सारिक गराउदा हरेक बालबालिकाहरुको चौतर्फी बिकास हुने बताएका छन । बगैंचा निर्माण गरि स–साना बालबालिकाहरु कहिले काहीँ त्यही बगैंचामा रमाउन दिने किताबी ज्ञानसंगै ब्यवहारिक ज्ञान दिने बताउनुहुन्छ ।
लामाले नेतृत्व गरेका बिद्यालयमा अहिले कक्षा इसिडी देखि १० कक्षा सम्म पठनपाठन भैरहेका छन भने जम्म ३५० भन्दा बढि विद्यार्थीहरु अध्ययनरत रहेका उक्त बिद्यालयका शिक्षिका जेनिता तामाङले बताउनुभयो ।
बिद्यालयले साताको एक दिन फरक फरक बिषयबस्तुमा विभिन्न प्रकारको अतिरिक्त क्रियाकलापहरु संचालन गरि शिक्षकमुखी शिक्षा भन्दा पनि विद्यार्थीमुखी शिक्षा दिई रहेको लामाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस