११ असार २०८०
भारत सरकारको ४ करोड १२ लाख आर्थिक सहयोगमा बनेको धादिङको गजुरी गाँउपालिका वडा नं.१ मा रहेको आदर्श बहुमुखी क्याम्पसको सोमबार उदघाटन गनुहुदै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन ५ बर्षसम्म टिक्ने बताउनुभयो ।
यस क्याम्पसको आफ्नै नाममा १३ रोपनी जग्गा र ३ वटा भवन रहेको क्याम्पस संचालक समितिका अध्यक्ष तथा संघिय संसाद राजेन्द्र प्रसाद पाण्डेले बताउनुभयो ।
उदघाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं प्रधानमन्त्री प्रचण्डले शिक्षा सबैको लागि अपरिहार्य रहेको बताउदै शैक्षिक बिकासको लागि विशेष रूपमा आफुले र आफ्ना सरकारले जोड दिने बताउनुभयो ।
विभिन्न सञ्चारमाध्यमहरुबाट गठबन्धन टिक्न नसक्ने समाचार आएको भन्दै गठबन्धन ५ बर्षसम्म टिक्ने बताउनुभयो ।
आफ्नो भरत भ्रमण बारेमा जसले जे जस्तो टिकाटिपणी गरेपनि भ्रमण फलदायी भएको बताएका छन।
धादिङ र गोर्खाको बिकासको आफू धेरै चिन्ता भएकोले धादिङको शिक्षा क्षेत्रको बिकासको आवश्यक बजेटको ब्यवस्था गरेको बताउनुभयो ।
विशेष गरि उत्तरी धादिङको बिकासमा सडक र बुढिगण्डकी जलविद्युत आयोजनाको बारेमा विशेष पहल गर्ने बताउनुभयो ।
धादिङ जिल्ला राजधानीसँग जोडिएको जिल्ला भएकोले र धादिङ जिल्ला हुदै सबै जिल्ला मानिसहरु आवतजावत गर्ने भएकोले त्यहाँको बिकासको लागि आफू बढी चिन्तित भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस