११ असार २०८०
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धादिङको गजुरीमा आउनेभएको छ ।
गजुरी गाउँपालिका वडा नं. १ गजुरीमा रहेको आदर्श वहुमुखी क्याम्पसको नवनिर्मित भवन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने हुनुभएको छ ।
भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको नयाँ भवनको प्रधानमन्त्रीबाट उद्घाटन गराउने कार्यक्रम रहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनु भयो । प्रधानमन्त्रीबाट भवन उद्घाटन भएसंगै भारतीय दुतावासले नयाँ भवन क्याम्पस सञ्चालक समितिलाई हस्तारण गर्नेछ ।
क्याम्पस भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव लगायतको आतिथ्य रहने क्याम्पस प्रमुख राजचन्द्र अर्यालले जानकारी दिनुभयो ।
धादिङ जिल्ला सुरक्षा समितिले प्रधानमन्त्री आउने कार्यक्रमको सुरक्षा व्यवस्था मजबुत पारेको बताएका छन ।
प्रतिक्रिया दिनुहोस