धादिङ ८ असार
धादिङको गजुरी गाउँपालिकाको आदर्श माध्यामिक बिद्यालयमा झोला वितरण गरिएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि चाइना फाउन्डेसन र विकासका लागि विश्वव्यापी सहयोग संस्थाबाट आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ५१५ वटा झोला वितरण गरिएको हो ।
गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठ,उपाध्यक्ष सर्मिला बिसुराल,वडा अध्यक्षहरु,सहयोग संस्थाको प्रमुख तथा प्रतिनिधीहरु शिक्षक विद्यार्थी अभिभावक लगायतको भव्य सहभागीतामा झोला हस्तरण गरिएको गजुरीबाट गणेश पाण्डेले बताउनुभयो ।
गरिबी निवारण तथा शिक्षामा समान पहुँच,समान व्यवाहार गर्ने उद्धेश्यले उक्त संस्थाले विभिन्न विद्यालयमा सहयोग गदैै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस