धादिङ,०६ असार
राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा धादिङबेशीमा रक्तदान कार्यक्रम गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको आयोजनामा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा २६ जना महिला र ८० जना पुरुष गरी १०६ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी धादिङका नेता तथा कार्यकर्ताहरु,समाजसेवी,स्वंयमसेवी रक्तदाताहरुको उपस्थित रहेको थियो ।
जिल्लामा विरामीलाई रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले विभिन्न मेला महोत्सव,सहकारीको बार्षिक साधारणसभा,संघ संस्थाको स्थापना दिवशको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस