धादिङ ०३ असार
धादिङको खनियाबास गाउँपालिकामा वर्षाका कारण बस्ती विस्थापित भएका छन् ।
शनिबार राती परेको अविरल वर्षाको कारण वडा नम्बर २ झार्लाङका ३ घरपरिवार बिस्थापित भएको हो । खनियाबास गाउँपालिका वडा नम्बर २ स्थित मेयमका स्थानीय सुन बहादुर तामाङ,छेननुर्बो तामाङ र पत्रुस तामाङको घर भत्किएको स्थानीय प्रेम बहादुर तामाङले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
त्यस्तै यस गाउँकै चर्च पनि पुर्ण रूपमा भत्किएको तामाङले बताउनुभयो ।
बर्षातका कारण घर टहरा भत्किदा जोखिम संगै आपत परेको हुँदा स्थानीय वडा र गाउँपालिकाले आवश्यक सहयोग गर्नुपर्ने माग राखिएको स्थानीय तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस