धादिङ ०३ असार
धादिङमा प्रथम जिल्ला स्तरीय कबड्डी प्रतियोगिता सम्पन्न भएको छ ।
स्वास्थको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ धादिङ कबड्डी क्लबको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा संञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ राइजिङ क्लव प्रथम,न्यू किबो बोर्डिङ द्धितिय र धादिङ कबड्डी क्लव तृतिय भएको हो ।
यस्तै महिला तर्फ बालमन्दिर माध्यमिक विद्यालय प्रथम ,नीलकण्ठ माध्यमिक विद्यालय द्धितिय र धादिङ कबड्डी क्लव तृतिया भएको छ ।
धादिङ कबड्डी क्लवका अध्यक्ष रत्नेश यादवको अध्यक्षता नीलकण्ठ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समापन कार्यक्रममा विशेष अतिथिको रूपमा जिल्ला खेलकुद बिकास समिति अध्यक्ष प्रताप सिं तामाङ,भलिबल संघ धादिङका उपाध्यक्ष अमृत तामाङ विभिन्न संघसंस्थाका प्रतिनिधी विद्यालयका प्रतिनिधी,विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हनेलाई ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिएको थियो । साथै विधिध विधामा आवर्ड जित्न सफल खेलाडीहरुमा केटातर्फ उत्कृष्ट राईडरमा धादिङ कबड्डी क्लवका विवेक मानन्धर,उत्कृष्ट डिफेन्डरमा राइजिङ क्लवका रन्जित श्रेष्ठ र उत्कृष्ट अल राउन्डमा न्यू किबो बोर्डिङका बिशाल सापकोटा घोषित र महिलातर्फ राईडरमा बालमन्दिरका धना मगर, उत्कृष्ट डिफेन्डरमा नीलकण्ठका इन्दिरा श्रेष्ठ,उत्कृष्ट अल राउन्डरमा बालमन्दिरका खेलाडी रोजिया तामाङ घोषित भएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै क्लबका अध्यक्ष रत्नेश यादवले खेलकुद सबैको अति आवश्यक भएको हुनाले सबै आफ्नो स्वास्थ्य समाज संगै राष्ट्रको लागि खेलमा सहभागी हुनेपर्ने बताउनुभयो ।
जिल्लामा कबड्डी खेल क्षेत्रको बिकासमा सक्ने निरन्तर लागिरहने बताउदैं आगमी दिनहरुमा पृथक तारिकाले खेलकुद क्षेत्रलाई प्रस्तुत गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो ।
असर १ गतेबाट सञ्चालन भएको प्रतियोगिता आईतबार समापन भएको हो ।
प्रतिक्रिया दिनुहोस