धादिङ ०२ असार
धादिङको रुविभ्याली गाउँपालिकामा विद्मुतको केन्द्रिय प्रशारण लाईन जोड्ने भएको छ ।
शनिबार नेपाल विद्मुत प्राधिकरण धादिङ वितरण केन्द्रले वडा नम्बर ४ को वडा अध्यक्ष प्रशान्त तामाङको रोहवरमा एक सूचना जारी गर्दै वडा नम्बर ४ को वोराङ देखि पालिका अफिस,अवै गाउँ हुदै पेन्तिसे गोरक्ष हाइड्रो पवार सम्म निर्माण सम्पन्न भएको मेन लाईनमा भोली असार ३ गतेबाट ११०० भोल्टेज विद्मुत प्रशारण गरिने भएको वडा अध्यक्ष प्रशान्त तामाङले बताउनुभयो ।
विद्मुत लाईनमा प्रयोग भएका पोल,तार,च्यानल,स्टे,ट्रान्सफरमर लगायतका विद्मुतिय संरचनाको नजिक जान नदिन सबैमा अनुरोध गरिएको छ । गाउँका आफ्ना वालबच्चा एवं पशु चौपायलाई समेत छाडा नछोड्न सूचनामा भनिएको छ ।
वडा अध्यक्ष तामाङले विद्मुत लाईन प्रशारणमा ठाउँ ठाउँमा समस्या आएमा तत्काल सम्पर्क गर्न सम्पुर्ण नागारिकहरुमा अुनुरोध समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस