धादिङ ३२ ज्येष्ठ
खनियाबास गाउँपालिकामा दलित समुदायका व्यक्तिहरुलाई आरानको लागि आवश्यक पर्ने सामग्री वितरण गरिएको छ ।
आर्थिक वर्ष २०७९÷८० को आरान सुधार कार्यक्रम अन्तर्गत आरान सम्बन्धी काम गर्ने व्यक्तिहरुलाई ५ लाख बराबरको सामान वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङले जानकारी दिनुभयो ।
दलित समूदायको ऐतिहासिक आरान व्यवासाय लोप हुदै जान लागेको अवस्थामा खनियाबास गाउँपालिकाले पुन क्रियाशिल बनाउन आरान सम्बन्धी काम गर्नेहरुको आर्थिक अवस्था वृद्धि गराउने उद्देश्यले कार्यक्रम गरिएको उपाध्यक्ष तामाङले बताउनुभयो ।
वडा नम्बर १ बाट २ जना , २ बाट ४ जना ,३ बाट २ जना र ५ बाट १ जना गरि जम्मा ९ जनालाई सामग्री वितरण गरिएको उपाध्यक्ष तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस