धादिङ ३२ ज्येष्ठ
धादिङमा ज्येष्ठ नागरिक दूरव्यवहार विरुद्ध विश्व चेतना दिवस कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहारी कार्यालय धादिङको आयोजनामा सदरमुकाम धादिङबेसीको पुच्छार बजारदेखि सिरानबजारसम्म र्याली प्रर्दशन गरी मनाएको हो । जिल्ला प्रहारी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक एसपी गौतम मिश्रको अध्यक्षता प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख जिल्ला अधिकारी गैरेले संबिधानमा उल्लेख भएका कुरा पुर्ण रुपमा कार्यन्वयन गर्न सबै निकायहरुलाई अनुरोध गर्नुभयो । विभिन्न कार्यालयहरुबाट प्रवाह हुने सेवा सुविधाहरुमा ज्येष्ठ नागरिकलाई सम्मान तथा नितीगत कुरामा छुट उपलब्ध गराउन समेत अनुरोध गर्नुभयो ।
त्यस्तै जिल्ला प्रहारी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक मिश्रले समूदाय प्रहरी साझेदारीलाई ससक्त बनाई स्थानीय तहहरुसंग समन्वय गरि महिलाको सवालमा,अपाङगता भएका व्यक्तिहरु,घरेलु हिंसा,ज्येष्ठ नागरिकको सम्मान र पहुँचको विषयमा सहकार्य सहयोग र सहअस्तित्वको माध्यमबाट कार्य सञ्चाल गरिरहेको बताउनुभयो । जिल्लाको शान्ति सुरक्षा,सडक यातायात,दूरव्यसनी जस्ता कार्यहरुमा पनि प्रहरीले ससक्त ढङगबाट काम गरिरहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै ज्येष्ठ नागरिक समाज जिल्ला उपाध्यक्ष कृष्ण बहादुर अधिकारीले कानुनी रुपमा ज्येष्ठ नागरिकको हक अधिकारको बारेमा उल्लेख भएपनि व्यवाहारमा नभएको बताउदै किताबको पानामा मात्र सिमित भएको बताउनुभयो ।
नेपालको संबिधान २०७२ का धारा ४१ मा ज्येष्ठ नागरिकको हकको बारेमा उल्लेख गरिएपनि ब्यवाहरमा प्रयोग नगरेकोमा गुनासो व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी पत्रकार,शसत्र प्रहरी ,नेपाल पुर्व प्रहरी संगठन लगायत अमर प्रहरी परिवार सहभागी रहेको थियो । २०६३ देखि नेपालमा ज्येष्ठ नागरिक दूरव्यवहार बिरुद्ध विश्व चेतना दिवास मनाउदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस