धादिङ ३१ ज्येष्ठ
धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विश्व रक्तदाता दिवसको अवसरमा बुधबार नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजना र नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा बृहत खुल्ला रक्तदान कार्यक्रम सञ्चालन भएको हो ।
रक्तदान कार्यक्रम गरि १७ जना महिला र ४९ जना पुरुष गरी ६६ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
धादिङमा नियमित रक्तदानको कार्यक्रमहरु हुन नसक्दा रगतको चरम अभाव भैरहेको बेला आज धादिङमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारे सचेतना जगाउन रक्तदान गर्न प्रेरित गर्न हरेक वर्षको जुन १४ तारिखका दिन विश्व रक्तदाता दिवस मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस