धादिङ ३१ ज्येष्ठ
धादिङको खनियाबास गाउँपालिका वडा नम्बर २(साविक झार्लाङ गाबिस वडा नम्बर ७)सङयुङ गाउँलाई नमुना स्वच्छ र सफा गाउँ घोषण गरेका छ ।
आज एक विशेष कार्यक्रमको आयोजना गरि गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङको प्रमुख आतिथ्यतामा घोषणा भएको हो । शान्ति नेपालको आर्थिक सहयोग र सहजीकरणमा वडा नम्बर २ को सङयुङ गाउँ नमुना स्वच्छ गाउँको रूपमा घोषणा गरिएको शान्ति नेपालका कर्मचारी युएन तामाङले जानकारी दिनुभयो ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका उपाध्यक्ष तामाङले स्वास्थ्य भनेको मानव जीवनको लागि अती आवश्यक रहेको बताउँदै गाउँलाई सफा सुग्घर राख्न सबैले ध्यान दिनको लागि अनुरोध गर्नुभयो ।
नमुना गाउँको बिकास संबृद्धीको पक्षमा आफु लागिपर्ने बताउनुभयो । ४० घरधुरी रहेको यस गाउँलाई ५ वटा घर १५ वटा सुचकका आधार नमुना गाउँको रूपमा घोषणा गरेको हो ।
कार्यक्रममा शान्ति नेपालका परियोजना संयोजक इन्द्रमान शाक्य गाउँपालिका स्वास्थ्य संयोजक आइत बहादुर तामाङ,वडा अध्यक्ष अरुण पाख्रीन वडा सदस्य बुधलाल तामाङ ,झार्लाङ स्वास्थ्य चौकी प्रमुख अनिस पाठक,प्रबल तामाङ पबित्र आधारभूत बिद्यालय प्रधानध्यापक रन्जना गुर्छन,शिक्षिका सुनिता तामाङ बिलियन तामाङ लगायत सरसफाइ समितिका सदस्यहरु स्थानीयवासीहरुको सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस