धादिङ ३० ज्येष्ठ
धादिङको गजुरी गाउँपालिकामा ९ दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यमी विकास कार्यक्रमअन्तर्गत वडा नम्बर ५ को पिंडा भीमसेनस्थानमा गरिवीका रेखामुनी रहेका महिला तथा पुरुषहरुलाई स्वरोजगार रस अवलम्बन बनाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम संञ्चालन भएको हो ।
मंगलबार एक कार्यक्रमको आयोजना गरि वडा नम्बर ६ का वडाध्यक्ष गोविन्द लामिछानेको सभापतित्व गजुरी गाउँपालिकाका उपाध्यक्ष सर्मिला बिसुरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको गजुरीबाट दिनेशलाल श्रेष्ठले बताउनुभयो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष बिसुरालले उद्योग खोल्न चाहनेहरूलाई आवश्यकताअनुसार गाउँपालिकाले अनुदान सहयोगको व्यवस्था गर्ने बताउनुभयो । साबुन बनाउनको लागि आवश्यक पर्ने कच्चा सामग्री र उत्पादन भएको सामग्रीहरुलाई बजार व्यवस्थापन गर्नको लागि सहयोग गर्ने बताउनुभयो ।
२० जना सहभागी तालिमको समापन कार्यक्रममा प्रशिक्षकहरु,गाउँपालिकाका जनप्रतिनिधि लगायत स्थानीयवासीहरुको सहभागीता रहेको थियो ।
गत ज्येष्ठ २१ देखि सुरुभएको तालिम ९ दिन पछि मंगलबार समापन भएको हो ।
प्रतिक्रिया दिनुहोस