धादिङ ०२ असोज
एडभान्स एकेडेमी धादिङले बिहिबार बधाई तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । बिद्यालय सञ्चालक समिति अध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खालीको अध्इक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कक्षा ११ मा अध्ययनका लागि आएका विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ मा सफल विद्यार्थीहरुलाई बधाइ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द बुढाथोकीले विद्यालयलाई पूर्ण रुपमा प्राबिधिक विद्यालयको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको बताउदै विद्यार्थीहरुलाई पढाइ सँगसँगै कुनै न कुनै सिप तथा रोजगारीमा सामेल हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला न्यायाधिवक्ता बालकृष्ठ वाग्ले, जिल्ला अदालतका स्रेस्तेदार नवराज दङ्गाल, लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले एडभान्स एकेडेमी धादिङ जिल्लाकै विद्यालयहरुमा फरक र नयाँ ढङ्गले सञ्चालन हुँदै आएको विद्यालय भएकाले अझ समय सापेक्ष, प्राविधिक र रोजगारमूलक शिक्षामा जोड दिन आग्रह गर्नुभयो । एडभान्स एकेडेमीले कक्षा ११ र १२ मा कानुन र व्यवस्थापन संकायका कक्षाहरु सञ्चालन गरिराखेको छ ।
प्रतिक्रिया दिनुहोस