धादिङ २९ ज्येष्ठ
धादिङमा परिवार नियोजन तथा सुरक्षित मातृत्वसम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरि सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेसन सेन्टरको आयोजना तथा स्वास्थ्य कार्यालय धादिङको व्यवस्थापनमा परिवार नियोजन,सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी विषयमा अन्तरक्रिया गरिएको हो ।
परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु,मातृ, मुत्युदर, शिशु मृत्युदर, बालमृत्युदर कम गर्ने उद्धेश्यले पत्रकारहरुसँग अन्तरक्रिया आयोजना गरिएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.नरेन्द्र कुमार झाले बताउनुभयो ।
त्यस्तै चालु आर्थिक बर्षदेखि बैशाखसम्ममा जिल्लाभर २० बर्ष मुनिका ४५६ जना गर्भवती भएको तथ्याङकमा छ,२० वर्ष भन्दा कम उमेरका ४४ जनाले अस्पतालमा पुगेर आधिकारिक रुपमा गर्भपतन गराएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अनाधिकृत रुपमा गर्भपतन गराउने र जिल्ला बाहिरका स्वाथ्य संस्थामा बच्चा जन्माउनेको संख्या खोजी गर्ने हो भने दुबैको संख्या बढ्न सक्ने बताउनुभयो ।
मातृमृत्युदरको संख्या भने यो वर्ष शुन्य रहेको छ तर जन्मेको २८ दिनभित्रका ३ जना शिशुले ज्यान गुमाएको बताउनुभयो । तथ्यांङक अनुसार गर्भ चेकजाँच गराउन आउने र आइरन चक्की प्रयोग गर्नेहरुको संख्या पनि घटेको बताउनुभयो ।
स्वास्थ्य कार्यलय प्रमुख झाले धादिङमा परिवार नियोजन तथा सुरक्षित मातृत्वमा सुधार आएको बताउँदै जिल्लाको स्वास्थ्य अवस्था सुधार्न पत्रकारको ठूलो सहयोग रहेको बताउँदै आगामी दिनमा पनि सचेतनामूलक सूचना सन्देशहरु प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
सरकारले नीति तथा कार्यक्रममा नै सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ यो अभियानलाई सन् २०३० सम्ममा नवजात शिशु तथा मातृ मृत्युदर घटाउने उद्देश्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस