२९ जेठ २०८०
नीलकण्ठ नगरपालिकाको आलु आर्थिक बर्ष २०७९।०८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आइताबार नीलकण्ठ नगरपालिका वडा न ८ स्थित मण्डली महिला विकास बहुउदेश्यियीय सहकारी संस्था लि.को प्राङ्गणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधा, निति तथा कार्यक्रम, योजना र बजेटको बिषयमा नागरिकहरुले प्रश्न,गुनासो र सुझाव दिएका थिए ।
कार्यक्रममा उठेका प्रश्नहरुलाई नगर प्रमुख भीम प्रसाद ढुङ्गना, उप प्रमुख दिपक बिश्वकर्मा र प्रमुख प्रशासकिय अधिकृत पुरुषेतम सुवेदी र जिल्ला प्रशासकन कार्यालय बाट बद्रीनाथ गैरे र जिल्ला प्रहरी कार्यलाई बाट प्रहरी प्रमुख गौतम मिश्रले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप प्रमुख दिपक बिश्वकमाले शुशासन पारदशिर्ता र जवाफदेहिताको निमित्त आफु सदैव प्रतिवद्ध रहेका बताउँदै यस किसिमको कार्यक्रम आफुले नियमित गर्दै आएको बताउनु भएको छ । उहाँले नगरबासीहरुको गुनासो र सल्लाह सुझाव सुन्नकै लागी जनता संग विविध कार्यक्रमहरु ल्याएको समेत प्रष्ट पार्नु भएको थियो । उहाँले कार्यक्रममा उठेका सकारात्मक सवालहरुलाई आफुले पुर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस