धादिङ २८ ज्येष्ठ
भारतमा सवारी दुर्घटनामा परि चार नेपालीको मृत्यु भएको छ ।
शनिबार दिउँसो भारतीय बजार खटिमास्थित चकरपुरमा भएको सवारी दुर्घटनामा परि कञ्चनपुरका चार जनाले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरु एकाघरका हुन् ।
भारतको उधमसिंहनगर खातिमाको मुडेली क्षेत्र गोयल कोलोनीमा बस्दै आएका उनीहरु शनिबार बिहान आफन्त भेट्न कञ्चनपुर आएर फर्किँदै थिए ।
दुर्घटनामा ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइबुहारी कल्पनाको मृत्यु भएको हो ।
दुईवटा स्कुटरमा सवार उनीहरुलाई पछाडिबाट आएको तीव्र गतीको कारले ठक्कर दिँदा दुर्घटनामा तीन जनाको घटनास्थमै र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् ।
ठक्कर दिएर चालक फरार भएको र खोजी जारी रहेको चकरपुर प्रहरी चौकीका इन्चार्ज प्रियांशु जोशीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस