२८ जेठ २०८०
जिल्ला प्रहरी कार्यालय धादिङको आयोजना र पतञ्जली योग समिति धादिङको सहयोगमा ५ दिने निःशुल्क योग विज्ञान शिविर कार्यक्रम शनिबार सम्पन्न भएको छ । पतञ्जली योग समिति धादिङको सहयोगमा ५ दिने निःशुल्क योग विज्ञान शिविर कार्यक्रम नीलकण्ठ नगरपालिका अन्तर्गत रहेको जिल्ला प्रहरी कार्यालय धादिङको प्राङगणमा संचालन भएको थियो ।
५ दिने निशुल्क योग प्रशिक्षणको प्रशिक्षकको रुपमा प्रशिक्षक कमला श्रेष्ठ रहेको थियो। समापन कार्यक्रममा पतञ्जली योग समिति बागमती प्रदेश सदस्य तथा योग प्रशिक्षक केशव थपलीयाज्यू‚ पतञ्जली योग समिति धादिङका अध्यक्ष गोविन्द कुमार श्रेष्ठको सहभागीता रहेको थियो ।
’’गरौ योग, रहौ निरोग, सबैको लागि सधैको लागि योग’’ भन्ने मुल नाराका संचालन भएको निशुल्क योग शिविरमा जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालयमा कार्यरत ७० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको पतञ्जली योग समिति धादिङका अध्यक्ष गोविन्द कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस