धादिङ २६ ज्येष्ठ
धादिङमा खाद्य अधिकार कार्यान्वयनमा स्थानीय तह (सरकार) को भुमिका र टोल विकास संस्था परिचालन विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार एक गोष्ठीको आयोजना गरि बाँच्न पाँउने अधिकारको आधार ः खाद्य अधिकार भन्ने नाराको साथ् फियान नेपालको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेतीको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
जिल्ला भरिका विभिन्न स्थानीय तहका जनप्रतिनिधी प्रमुख प्रशासकीय अधिकृत,पालिकाहरुका योजना अधिकृत, लेखा अधिकृतहरु,विभिन्न समाजसेवी संजालका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो ।
यस्तै फियान नेपालका पुर्वा अध्यक्ष एवं सहजकर्ता अम्मर बहादुर ऐरले स्थानिय सुशासन खाद्य प्रणाली सवलिकरणका लागि टोल विकास सस्था परिचालन कार्यक्रमको विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा पालिकाका प्रमुख तथा उपप्रमुखहरुले आआफ्ना पालिकामा भएका वा भोगेका र अब भोलिका दिनहरुमा गरिने कार्यहरुको बिषयमा धाराणाहरु राखेको थियो ।
प्रतिक्रिया दिनुहोस